२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

निर्वाचन आयोग

राष्ट्रियसभा सदस्य निर्वाचन  :   " परिणाम प्रतिवेशन राष्ट्रपति पौडेल समक्ष पेश "

माघ ११ मा राष्ट्रियसभा सदस्य निर्वाचन भएको थियो 

आइतवार , माघ १४, २०८०

 

काठमाडौँ, माघ । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेश गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासहित आयोगका पदाधिकारीहरुले आइतबार राष्ट्रपति भवन शीतल निवास पुगेर आयोगको प्रतिवेदन पेश गरेका हुन् । माघ ११ मा राष्ट्रिय सभा सदस्य निर्वाचन भएको थियो ।

सो क्रममा राष्ट्रपति पौडेलले आचारसंहिताको पालना लगायतका विषयमा राजनीतिक दलहरूसँग छलफल गरी निर्वाचन आयोगले निर्वाचनलाई अझ स्वतन्त्र, धाँधलीरहित र निपक्ष बनाउन आवश्यक रहेको सुझाव दिएका थिए ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन एनको दफा ६० बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० को निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गरेको जानकारी दिइन् ।

फागुन २० गतेदेखि राष्ट्रियसभाको ६ वर्षे कार्यकाल समाप्त भएर रिक्त २० सिटमध्ये १९ सिटका लागि माघ ११ गते निर्वाचन सम्पन्न भएको थियो ।

scan20240128-2812024115520-1000x0.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार