२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपाली कांग्रेस 

समुदायमा कांग्रेस अभियान  : को -कहाँ खटिएका छन ?

केन्द्रीय सदस्य फरक- फरक जिल्लामा फरक- फरक समुदायसँग संवादमा

आइतवार , माघ १४, २०८०

 

काठमाडौँ, माघ । नेपाली कांग्रेसले शनिबारदेखि सञ्चालन गरेको समुदायमा कांग्रेस अभियानमा शीर्ष नेताहरुलाई नै विभिन्न जिल्लामा खटाएको छ । 

७७ वटै जिल्लामा १/१ जना प्रतिनिधि खटाएको र त्यससँगै अभियानलाई थप प्रभावकारी बनाउन फरक-फरक जिल्लामा फरक(फरक समुदायका बीचमा पुग्न र संवाद गर्न शीर्ष नेताहरुलाई समेत खटाएको हो । 

मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीका पदाधिकारीहरुसहित शीर्ष नेता र केन्द्रीय सदस्यहरु समेतलाई फरक- फरक जिल्लामा फरक- फरक समुदायसँग संवाद गर्ने गरी खटिएको जानकारी दिए ।

माघ १६ देखि २६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरुले सम्बन्धित जिल्लामा पुगेर फरक- फरक समुदायसँग संवाद गर्नेछन् ।

मुख्यसचिव पौडेलका अनुसार कोशी प्रदेशमा शेखर कोइराला, नारायण खड्का र बलबहादुर केसी खटिएका छन् । 

त्यस्तै, मधेस  र वागमती प्रदेशका जिल्लामा प्रकाशमान सिंह, महालक्ष्मी उपाध्याय, मिनेन्द्र रिजाल र पुष्पा भुसाल खटिएका छन् ।

त्यस्तै, गण्डकी प्रदेशमा महेन्द्र यादव र प्रदीप पौडेल, लुम्बिनी प्रदेशमा विमलेन्द्र निधि र डिला संग्रौला, कर्णाली प्रदेशमा डा. शशांक कोइराला र सुदूरपश्चिम प्रदेशका लागि भिष्मराज आङ्देम्बे खटिएका छन् ।


कुन जिल्लामा को  ?

कोशी प्रदेश

  • डा. शेखर कोइराला -  झापा र सुनसरी 
  • नारायण खड्का - संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा 
  • बलबहादुर के. सी.  - मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुर 

मधेस प्रदेश र वागमती प्रदेश

  • प्रकाशमान सिंह - महोत्तरी, सिराहा, सप्तरी, धनुषा, सिन्धुली र मकवानपुर 
  • महालक्ष्मी उपाध्याय ‘डिना’ - बारा, पर्सा, रौतहट, सर्लाही, धादिङ र चितवन 

वागमती प्रदेश

  • मिनेन्द्र रिजाल - काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा
  • पुष्पा भुसाल  -   ललितपुर, भक्तपुर, रामेछाप र दोलखा

गण्डकी प्रदेश

  • महेन्द्र यादव - तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर
  • प्रदीप पौडेल - कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ

लुम्बिनी प्रदेश

  • विमलेन्द्र निधि -  रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा
  • डिला संग्रौला  - कपिलवस्तु, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासी 

कर्णाली प्रदेश

  • डा. शशांक कोइराला - दैलेख, सल्यान र सुर्खेत 

सुदुरपश्चिम् प्रदेश

  • भिष्मराज आङ्देम्बे - कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी, बाजुरा र कञ्चनपुर ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार