काठमाडौँ, माघ । गृहजिल्ला रोल्पाको भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले कोशी प्रदेशको राष्ट्रिय सभा निर्वाचन परिणामबारे गुनासो पोखेका छन ।
निर्बाचन परिणामपछि कांग्रेससँगको गठबन्धनबारे आफूहरुले गम्भीर समीक्षा गर्नुपर्ने बताउँदै उनले भने, अब सोच्नुपर्ने अवस्था आएको छ ।
चिनियाँ लाईनमा बसेर काम गर्दै आएका उपमहासचिव पुन पहिलेदेखि ने एमालेसँग मिलेर जाने धारणा राख्दै अएका माओवबादीका नेता हुन ।
माओवादी जनप्रतिनिधि र जिल्लास्तरीय नेताहरुलाई प्रशिक्षण दिँन गृहजिल्ला रोल्पा आएका नेता पुनले कांग्रेसले आफूहरुसँगको विश्वास गुमाएको टिप्पणी पनि गरे ।
उनले विभिन्न घट्नाहरुको ब्याख्या गर्दै थपे, हरेक पटकका निर्वाचनमा आफूहरुले कांग्रेसलाई मत दिने तर कांग्रेसबाट धोका खाने क्रम दोहोरिँदै आएको छ । उनले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा नयाँ मोड आएको पनि बताए ।
कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं,’ पुनले भने, ‘कांग्रेससँगको गठबन्धनले राजनीतिक रुपमा हामीलाई घाटा या नाफा के छ ? हामी हरेक चुनावमा इमान्दार भएर कांग्रेसलाई मत दिइराख्ने अनि कांग्रेसले हाम्रा उम्मेदवार हराइराख्ने कहिलेसम्म चल्छ ? ।’
यसअघि विभिन्न प्रकरणमा कांग्रेस नेतृत्वले पार्टीभित्रको गुटबन्दी र शक्ति संघर्षलाई कारण देखाउने गरेको भन्दै पुनले यो पटक त्यत्तिले मात्र नपुग्ने बताए ।
यस्तै शीर्ष नेतृत्व तहमा भएको समझदारीविपरीत एमालेसँगको गठजोडमा केदार कार्कीलाई कोशीको मुख्यमन्त्री बनाएर पनि कांग्रेसले धोका दिएको पुनले बताए ।
केदार कार्कीलाई मुख्यमन्त्री बनाउँदा पनि त्यही प्रवृत्ति देखियो,’ पुनले भने, ‘कांग्रेसले एकपछि अर्को गर्दै घात गर्ने र हामीभित्र समस्या छ भनेर माफी पाउने अवस्था रहँदैन ।
पुनले आफूभित्रको अराजकता र अराजनीतिक प्रवृत्तिको समीक्षा गर्न कांग्रेस नेतृत्वसँग माग पनि गरे । यस्तै कांग्रेसबाट कोशीमा भएको धोकाबारे सत्ता गठबन्धनको बैठकमा छलफल हुने पनि उनले बताए ।