२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपाली कांग्रेस 

सभापति देउवा भने  :   " पार्टीलाई एकताबद्ध बनाउँछु "

'एकले अर्काको खुट्टा तानेर सफल भईदैन, मिलेर काम गर्नुपर्छ '

सोमवार , माघ ८, २०८०

नेपाली कांग्रेस 


काठमाडौँ, माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताएका छन् । उनले अवसर नपाएकालाई अवसर दिने र नीति सिद्दान्तमा रहेर काम गरेकालाई सम्मान गर्ने बताएका छन ।

कांग्रेस दोश्रो पर्वत जिल्ला सम्मेलनमा सोमबार सभापति देउवाले भने, ' एकले अर्कोलाई हराउने प्रतिस्पर्धामा लाग्दा बलियो पार्टी बनाउन सकिँदैन ।'  उनले भने, ‘एकले अर्काको खुट्टा तानेर सफल भईदैन, मिलेर काम गर्नुपर्छ,’ देउवाले  थपे, , ‘फेरि पनि कांग्रेसलाई ठूलो दल बनाएर छाड्छौं ।’ 

समानुपातिक र समावेशी सिद्दान्तका कारण एकै दलको बहुमत नआएकोले गठबन्धन गरेको स्पष्ट पार्दै सभापति देउवाले एक्लै बहुमत आउने अवस्था आए कांग्रेस एकल निर्वाचनमा जाने समेत बताए ।

सभापति देउवाले राष्ट्रियसभामा पनि आफ्नो दलकै बहुमत सदस्य लिएर गठबन्धनमा गएकोले कार्यकर्ताले बिरोध गर्नु नपर्ने बताए । ‘चुनौतीहरु सामना गरेर जानुपर्छ, त्यसैले कांग्रेसले गठबन्धन गरेको हो,’ उनले भने, ‘राष्ट्रका कतिपय चुनौती मिलेर समाधान गर्नुपर्छ ।’

सभापति देउवाले भने, ' सबैले टिकट  पाउँदैनन्, पाएकाले नपाएकालाई साथमा हिडाउनुपर्छ  । टिकट बितरणमा उचित मूल्यांकनको आधार बनाउने समेत प्रतिबद्दता जनाउँदछौ ।' 

कार्यक्रममा कांग्रेस नेता तथा पूर्व महामन्त्री शशांक कोइरालाले कांग्रेसमा अनुशासनको खाँचो भएको औल्याए ।उनले अनुशासन नहुँदा कांग्रेसमा पटक(पटक अन्तरघात भएको बताए ।

उनले कांग्रेस हार्दा आफ्नै कारणले हार व्यहोरेको टिप्पणी गरे । ‘कांग्रेसलाई कसैले हराउन सक्दैन,’ उनले भने, ‘कांग्रेस कांग्रेसकै कारणले हारेको छ ।’

कांग्रेस नहार्न पार्टीमा अनुशासन चाहिएको उनले बताए । आफ्नो नेतालाई स्वीकार्न नसक्नु पार्टी भित्रको अनुशासनहीन काम भएको टिप्पणी गरे । उनले अनुशासनमा बस्न ताकत चाहिने पनि बताए ।

कार्यक्रममा अर्का नेता चन्द्र भण्डारीले राजनीतिक दल, नेता र कार्यकर्ता जनताको चाहना अनुसार अपडेट हुनुपर्ने बताए ।

' जबसम्म नेताहरु जनताको चाहना अनुसार अपडेट हुँदैनन्, तब सम्म राजनीतिमा वितृष्ण बढिरहनेछ,' भण्डारीको भनाइ छ । ‘मोवाइल, टिभी र आइफोन जस्तै नेता कार्यकर्ता अपडेट हुनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार