२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

राष्ट्रियसभा सदस्य निर्वाचन  

 नेपाली कांग्रेसको निर्णय  : "  प्रचार–प्रसारका लागि प्रदेशस्तरमा जाने "

निर्वाचनकाे समन्वय र सहजीकरणका लागि प्रदेश जाने

शनिवार , माघ ६, २०८०

 

काठमाडौँ, माघ । नेपाली कांग्रेसले गठन गरेको राष्ट्रियसभा सदस्य निर्वाचन केन्द्रीय समन्वय समितिले प्रचार–प्रसारका निम्ति प्रदेशस्तरमा जाने निर्णय गरेको छ । 

समितिको आज बसेको बैठकले निर्वाचनका लागि समन्वय र सहजीकरणका लागि विभिन्न प्रदेश जाने निर्णय गरेको समितिका सचिव केशवराज जोशीले जानकारी दिएका छन । 
 
“राष्ट्रियसभा सदस्य निर्वाचनका सन्दर्भमा सातवटै प्रदेशका उम्मेदवारसँग निर्वाचनबारे जानकारी लिई प्राप्त सुझावबारे छलफल गरियो”, बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ । 

समितिका संयोजक नेता रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा यही माघ ११ मा हुने निर्वाचनका लागि पार्टीका उम्मेदवारसँग छलफल भएको थियो । 

राष्ट्रियसभाका रिक्त हुन लागेका कूल १९ सदस्यको निर्वाचनका लागि सत्तारुढ गठबन्धन दलले आपसमा सिट बाँडफाँट गरेका छन् । 

जसअनुसार नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र) ले छ, नेकपा (एकीकृत समाजवादी) ले दुई र जनता समाजवादी पार्टीले एक सिट लिएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार