काठमाडौँ, माघ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर रु एकले घटाएको छ ।
इन्डियन आयल कर्पोरेशनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल प्रतिलिटर १२६, डिजल प्रतिलिटर ८३ पैसाले घटेर आएकाले निगम सञ्चालक समितिले सोमबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको हो ।
निगमका अनुसार चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ ५० पैसा, डिजल र मट्टितेल १४३ रुपैयाँ ५० पैसा कायम भएको छ ।
साथै सुर्खेत र दाङका लागि पेट्रोल प्रतिलिटर रु १६५, डिजल र मट्टितेल प्रतिलिटर १५५ कायम भएका भएको छ । साथै काठमाडौँ, पोखरा र दीपायलका लागि पेट्रोल प्रतिलिटर रु १६६, डिजल र मट्टितेल रु १५६ कायम भएको छ ।