२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपाल राष्ट्र बैंकले भन्याे

पछिल्लो पाँच महिना  : " छ खर्ब १३ अर्ब २५ करोड विप्रेषण भित्रियो "

बिहिवार , पौष २६, २०८०

 

काठमाडौँ, पुस । चालु आर्थिक वर्षको पाँच महिनामा रु छ खर्ब १३ अर्ब २५ करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको विवरण अनुसार विप्रेषण आप्रवाह २७ दशमलव छ प्रतिशतले वृद्धि भएको हो । 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो । 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४ दशमलव पाँच प्रतिशतले वृद्धि भई चार अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव एक प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ७३ हजार ५५५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख चार हजार ३७ छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः दुई लाख ३६ हजार ७७९ र एक लाख १५ हजार ९४८ थियो । 

समीक्षा अवधिमा खुद ट्रान्सफर २६ दशमलव तीन प्रतिशतले वृद्धि भई रु छ खर्ब ६९ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१ दशमलव छ प्रतिशतले बढेको थियो  । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार