२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेकपा एकीकृत समाजवादी

अध्यक्ष नेपाल भन्छन  :    " केही कम्युनिष्ट नेता जालझेलको राजनीतिमा " 

'कम्युनिष्टहरु तत्काल एक हुने अवस्था छैन ' 

बुधवार , पौष २५, २०८०

काठमाडौँ, पुस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्टहरु तत्काल एक हुने अवस्था नरहेको बताएका छन । 

पार्टी निकट विद्यार्थी विशेष कमिटीले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले केही कम्युनिष्ट नेता जालझेलको राजनीतिमा सक्रिय रहेकाले उनीहरूसँग एकताको सम्भावना नरहेको बताए ।  

राजनीतिमा गलत विचार र प्रवृत्ति बोकेकासँग आफूहरू जुध्दै देश र जनतालाई केन्द्र विन्दुमा राखेर पार्टीलाई अघि बढाउने उल्लेख गर्दै उनले भने, “सबै कम्युनिष्ट मिलुन् भनेर चाहना राखेर मात्र हुँदैन ।”  

कुनै पनि राजनीतिक शक्तिलाई निषेध गर्न नहुने अध्यक्ष नेपालले बताए ।   

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार