२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

राष्ट्रिय सभा निर्बाचन

कांग्रेस नेता सिटौलाद्वारा मनोनयनपत्र दर्ता : " सहयोग प्राप्त हुने विश्वास "

पार्टीका उम्मेदवारलाई सहयोग गर्न नेता सिटौलाकाे आग्रह

सोमवार , पौष २३, २०८०

मोरङ, पुस।  नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्यको निर्वाचनमा अफ्नो मनोनयनपत्र दर्ता गराउनुभएको छ । उहाँले विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्य सुरु भएको छ । सोही क्रममा कांग्रेस नेता सिटौलाले  मनोनयनपत्र दर्ता गराउनुभएको हो ।

झापाको भद्रपुर नगरपालिका–१० का सिटौलाको प्रस्तावकमा प्रदीपकुमार सुनुवार र समर्थकमा हिमाल कार्की रहनुभएको छ ।

मनोनयनपत्र दर्ता गर्ने समय आज दिउँसो ३ बजेसम्म रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिनुभयो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, प्रदेश पूर्व मुख्यमन्त्री उद्धव थापा, राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझी, प्रदेशसभा सदस्यलगायतको उपस्थिति थियो ।

सहयोग प्राप्त हुने विश्वास

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रियसभा सदस्यको निर्वाचनमा अफ्नो मनोनयनपत्र दर्ता गराएपछि सञ्चारकर्मीसित कुरा गर्दै उहाँले उम्मेदवार छनोटको निर्णयलाई थाँती राखी पार्टीका उम्मेदवारलाई सहयोग गर्न आग्रह गर्नुभयो । 

 पार्टीले सर्वसम्मत निर्णय गरेअनुसार आफुले उम्मेदवारी दर्ता गरेको उल्लेख गर्दै नेता सिटौलाले  सबै दलबीच समझदारी कायम गरी जनताको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

“गठबन्धन दलबीच भएको समझदारीअनुसार एक अर्का दलका उम्मेदवारलाई निर्वाचनमा सहयोग र समर्थन रहनेछ”, उहाँले भन्नुभयो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार