२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

राष्ट्रिय सभा निर्बाचन

कांग्रेसका १० उमेद्वार तय  : "  कोशीमा सिटौला, यी यी परे अरु उम्मेद्वारमा "

सोमवार , पौष २३, २०८०

 

काठमाडौँ, पुस ।  नेपाली कांग्रेसले चरम आन्तरिक विवादका बीच राष्ट्रिय सभाका उम्मेद्वार चयन गरेको छ। जसअनुसार कांग्रेसले पाका कृष्णप्रसाद सिटौलादेखि जितजंग बस्नेतलाई समेटेर राष्ट्रिय सभाको उम्मेद्वार चयन गरेको हो ।  

सत्तारूढ गठबन्धनमा भएको भागबन्डा अनुसार १० सिट पाएको कांग्रेसले आज बिहान उम्मेद्वार टुंगाएको हो । रातभर कांग्रेस पार्टी कार्यालय बीपीनगर सानेपामा बसेको बैठकले टुंगो लगाएका नामहरु यसप्रकार छन्ः 

कोशी प्रदेशमा     —    कृष्णप्रसाद सिटौला (अ)
विष्णुदेवी पुडासैनी       (महिला)
गण्डकी प्रदेशमा   —  श्री किरणवावु श्रेष्ठ (अपाङ्गता–अल्पसंख्यक)
लुम्बिनी प्रदेशमा   —    विष्णुकुमारी सापकोटा (महिला)
कर्णाली प्रदेशमा   —   कृष्णबहादुर रोकाया (अन्य)
सुदूरपश्चिम प्रदेशमा—  बलदेव बोहरा (अन्य)
नारायणदत्त भट्ट      (अपाङ्गता–अल्पसंख्यक)

 

भागबण्डामा संस्थापन इतरको असहमति

यो भागबण्डामा भने कांग्रेसको संस्थापन इतरले असन्तुष्टि जनाएको छ । इतर पक्षले ४ सिट मागेकामा ३ सिट मात्र पाएको हो । 

जसका कारण महामन्त्री गगनकुमार थापाले लिखित असहमति जनाएका छन् । अर्जुननरसिंह केसी र बलबहादुर केसीले मधेस मूलका कोही नपरेको भन्दै असन्तुष्टि जनाएका छन् । 

इतर पक्षका नेता डा‍ शेखर कोइराला बैठक बीचमै छाडेर गएपछि सभापति देउवाले फर्काउन लगाएका थिए । उनी फर्किए पनि सिट संख्या बढाउन सकेनन् । 

गण्डकीका किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार तथा लुम्बिनीकी विष्णुकुमारी सापकोटा कोइराला पक्षका हुन् । 

केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयहरू :

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो । बैठकले देहाय बमोजिम निर्णय गरेको छ ।

१, राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा १८ को प्रयोजनका लागि संवत् २०८० माघ ११ गते बिहीबार सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा राष्ट्रिय सभा सदस्य पदका लागि नेपाली कांग्रेस केन्द्रीय संसदीय समितिको २०८० पौष २२ गते बसेको बैठकद्वारा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३२ ९९० बमोजिम तपसीलका उम्मेदवार मनोनयनको निर्णयलाई यो बैठक पारित गर्दछ ।

कोशी प्रदेशमा —   श्री कृष्णप्रसाद सिटौला (अन्य)
मधेश प्रदेशमा — श्री आनन्दप्रसाद ढुंगाना (अन्य)
बागमती प्रदेशमा— श्री जीतजंग बस्नेत (अन्य)
श्री विष्णुदेवी पुडासैनी (महिला)
गण्डकी प्रदेशमा— श्री किरणवावु श्रेष्ठ (अन्य)
श्री पदमबहादुर परियार (अपाङ्गता–अल्पसंख्यक)
लुम्बिनी प्रदेशमा — श्री विष्णुकुमारी सापकोटा (महिला)
कर्णाली प्रदेशमा— श्री कृष्णबहादुर रोकाया (अ)
श्री नारायणदत्त भट्ट (अपाङ्गता–अल्पसंख्यक)

२, संवत् २०८० माघ ११ गते बिहीबार सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन ऐक्यवद्ध ढंगले अघि बढ्ने सहमति बमोजिमका उम्मेदवारहरूलाई विजयी गराउन केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक सबै आदरणीय मतदाताहरूलाई हार्दिक आह्वान गर्दछ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार