२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेकपा माओवादी केन्द्र 

राष्ट्रियसभा निर्वाचन  :  " माओवादी केन्द्रले छान्यो  छजना उम्मेदवार "

आइतवार , पौष २२, २०८०

 

काठमाडौँ, पुस । नेकपा माओवादी केन्द्रले  राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ । आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।

नेताहरुका अनुसार कोशीमा चम्पादेवी कार्की, वाग्मतीमा श्रीकृष्णप्रसाद अधिकारी, गण्डकीमा मनरूपा शर्मा सुवेदी, लुम्बिनीमा झक्कुप्रसाद सुवेदी, कर्णालीमा विष्णु विक र सुदूरपश्चिममा रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

सरकारको नेतृत्व गरेको दल माओवादीले सत्ता गठबन्धनमा भागबण्डा गर्दा निर्वाचन हुन लागेका १९ मध्ये ६ सिट पाएको हो । आगामी फागुनमा पदावधि सकिनेमा माओवादी केन्द्रका ३ जना सांसद छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार