राजविराज, पुस । जनता समाजवादी पार्टीले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा रौतहटकी पुजा चौधरीलाई उम्मेदवार बनाउने भएको छ ।
पार्टीको कार्यकारिणी समितिको बैठकले रौतहटकी चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
गठबन्धनमा जसपाको भागमा महिला क्लस्टरको एक सिट परेको छ । जसपाले उम्मेदवार बनाएकी चौधरी गत प्रदेशसभा निर्वाचनमा उम्मेदवार भएकी थिइन् ।
उनी जसपा नेता गोविन्द चौधरीकी छोरी हुन् ।