काठमाडौँ, पुस । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । शनिबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक तयारी नपुगेको भन्दै आइतबारका लागि स्थगित गरिएको हो ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।
त्यसअघि सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट गठबन्धनमा भागबण्डा र उम्मेदवारन चयन गर्ने विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको जानकारी दिए ।