काठमाडौँ, पुस । राष्ट्रिय सभामा रिक्त हुने १९ सिटको बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, नागरिक उन्मुक्तिको बैठकमा दलहरुले बढी सिट मागेपछि कुरा नमिलेको हो ।
‘प्रमुख दलले बढी सिट दाबी गरेपछि बैठक निष्कर्षमा पुग्न सकेन,’ जनमत पार्टीका अध्यक्ष सिके राउनले भने, ‘कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपाबीच मुख्य गरी कुरा मिलेन ।’
उनले जनमतले पनि एक सिट दाबी गरेको जानकारी दिए ।