२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपाली कांग्रेस 

महामन्त्री थापाले भने  :  ' सर्भिंस डेलिभरी '  गर्नसक्नेलाई अवसर दिऔँ

काम नगर्ने मन्त्रीलाई तुरुन्तै फिर्ता बोलाउनुपर्छ

शनिवार , पौष १४, २०८०

 

काठमाडौँ, पुस ।  सरकारमा गएर काम नगर्ने मन्त्रीहरूलाई पार्टीले तुरुन्तै फिर्ता बोलाउनुपर्ने  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् ।

उनले भने, अर्कोलाई काम गर्ने मौका दिनुपर्छ ।  उनले थपे, अब नेतृत्वले डेलिभेरी गर्न नसक्ने व्यक्तिलाई मौका दिएर हेर्ने समय पार्टीसँग  छैन ।  

शनिबार भक्तपुर–२ को क्षेत्रीय सम्मेलनमा सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘सरकार भनेको प्राइभेट कम्पनी होइन । नौ महिना भनेको थोरै समय होइन, अहिले देश कांग्रेसको जिम्मामा छ ।

जसले दिएको जिम्मेवारी निभाउन सक्दैन । जसले काम गर्न सक्दैन, उसलाई मौका छैन । काम नगर्ने मन्त्रीलाई तुरुन्तै फिर्ता बोलाउनुपर्छ ।’

उनले पार्टीमा सबैजसो निर्णयमा सभापतिको भूमिका रहेको भन्दै नेता कार्यकर्ताले पार्टी बिग्रियो भनेर आफूतिर हेर्ने गरेको सुनाए ।

‘सबैले मतिर फर्किएर पार्टी बिग्रियो भन्नुहुन्छ । तर सबै कुरा सभापतिको हातमा छ । ल सबैले पार्टी सच्याउन नै चाहेको हो भने तत्कालको कुरा गर्दा राष्ट्रिय सभा सदस्य निर्वाचनको टिकट वितरण गर्ने अधिकार मलाई दिनुहोस्, म कसरी न्याय गर्नुपर्ने हो ? गरेर देखाउँछु,’ थापाले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार