काठमाडौँ, पुस । आगामी राष्ट्रियसभा सदस्य निर्बाचनमा उम्मेदवारका लागि नेपाली कांग्रेस बागमतीले ९१ जनाको नाम पठाएको छ ।
कांग्रेस बागमती प्रदेश समितिबाट ९१ जनाको नाम पठाइएको हो । आकांक्षी धेरै देखिएपछि यति धेरैको नाम पठाइएको कांग्रेसले जनाएको छ ।
सभापति देउवाले आकांक्षी सबैको नाम सिफारिश गर्न स्वीकृति दिएको जनाईएको छ ।
यी नाम पठाइएकामा चलचित्र निर्देशक तथा अभिनेता नीर शाहको नामसमेत परेको छ । राष्ट्रिय सभाको चुनाव माघ ११ गते हुँदैछ। पुस २३ गते उम्मेदवारी दर्ताको तालिका छ ।