२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

सरकार गठनको एक वर्ष पूरा

प्रधानमन्त्री दाहाल आज अपराह्न ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै

सामाजिक न्यायको प्रत्याभूति र आर्थिक विकासका प्रयासबारे जानकारी दिने

मंगलवार , पौष १०, २०८०

काठमाडौँ, पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन ।

उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट अपराह्न ५ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार जानकारी दिएका छन । 

आफ्नो नेतृत्वमा सरकार गठन भएयताको एक वर्षको अवधिमा भएका सुशासन प्रवर्द्धन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक विकासका निम्ति भएका प्रयासबारे जानकारी दिन प्रधानमन्त्री दाहालले सम्बोधन गर्न लागेका हुन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार