२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेकपा एमाले

एनसेल प्रकरण ओलीको  कथन  : "  बेथिति गर्नु र व्यापारी चिन्नु एउटै कुरा हो ?"

सरकारले बेथिति गरेको छ भन्ने प्रश्न उठाउँदा ध्यान मोड्ने काम

आइतवार , पौष ८, २०८०

काठमाडौँ, पुस ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बेथिति गरेको छ भन्ने प्रश्न उठाउँदा ध्यान मोड्ने काम भएको भन्दै आपत्ति जनाएका छन् ।

अध्यक्ष ओलीले भने, 'दूसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको सेयर बिक्रीमा अनियमितता र बेथिति भएको कुराबाट ध्यान मोड्न एनसेलका व्यापारीलाई आफ्नो पनि चिनजान रहेको भन्ने कुरा अगाडि सारिएको  हो ।'  

बैतडीको झुलाघाटदेखि पाँचथर चिवाभन्ज्याङसम्मको समृद्धिका लागि संकल्प यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ओलीले  थपे, 'राज्यको सम्पत्ति डुबाउने खेल नेकपा एमालेलाई अस्वीकार्य  छ ।' 

 उनले पत्रकार सम्मेलनमा भने, 'राज्यको सम्पत्ति केही व्यक्तिका फाइदाका लागि, केहीले फाइदा लिएर राज्यको डुबाउने काम रोकिनुपर्छ ।'

संसदीय समितिमा र सार्वजनिक रूपमा पनि छलफल भइरहेको छ,' उनले भने, 'लोकलाज त राखेर काम गर्नुपर्‍यो नि सरकारले ।' 

'अब त कस्तो भयो भने तपाईंको सरकारले यस्तो बेथिति गर्‍यो भन्दा त्यो बेथिति गर्ने व्यापारीलाई त केपी ओलीले पनि चिन्या छ नि भन्छ । '

केपी ओलीले नेपालका व्यापारी किन चिन्दैन, चिन्छ नि त । बेथिति गर्नु र व्यापारी चिन्नु एउटै कुरा हो ?

प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको सेयर किन्ने व्यापारीको सिंगापुरस्थित घरमा केपी शर्मा ओली र शेरबहादुर देउवासँगै आफ्नो पनि बास भएको अभिव्यक्ति संसदीय समितिमा दिएका थिए । 

राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्रीले दिएको उक्त अभिव्यक्तिको ओलीले आलोचना गरेका हुन् ।

एनसेलका विषयमा सरकारी निकायहरूको विरोधाभाषपूर्ण भनाइ आएको प्रति पनि ओलीले असन्तुष्टि जनाएका छन् । उनले एनसेलको सेयर बिक्री भएको हो कि होइन भन्ने कुरा स्पष्ट पार्नुपर्ने बताए । 

' कहिले बेचेको हो भन्छ, कहिले बेचेको होइन भन्छ संचार मन्त्रालयले । फेरि सेयर बेचिएको हो भन्छ । यस्तो खालको हुनुभएन,' उनले भने ।

सरकारमा रहेका व्यक्तिहरूले मुलुकको ध्यान एकातिर मोडेर अर्कै काममा लाग्न नहुने ओलीको भनाइ थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार