२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

पार्टीभित्र एकता र सद्भाव आवश्यक छ : प्रवक्ता डा महत

शनिवार , पौष ७, २०८०

काठमाडौँ, पुस ।नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेस पार्टीभित्र एकता र सद्भावको आवश्यकता रहेको औँल्याउनुभएको छ । 
 
बागमती प्रदेश कांग्रेस प्रथम सम्मेलनमा आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले, “पार्टीभित्र वडादेखि केन्द्रसम्म संस्थाभित्र छलफल र बहस गर्ने त्यसपछि निष्कर्ष निकाल्ने पद्धति स्थापित गर्न जरुरी छ । निष्केको निष्कर्ष जनताको बीचमा प्रस्तुत हुन जरुरी छ ।
बाहिर धेरै कुरा गर्ने, भित्र केही नगर्ने नेपाली कांग्रेसको समस्या भएको उहाँले बताउनुभयो । आन्तरिक निर्वाचनमा आम निर्वाचनभन्दा चर्को रुपमा सहभागी हुने, नीतिगत विषयमा छलफल गर्नुपर्‍यो भने बैठकमै नआउने कांग्रेस पार्टीको समस्या भएको उहाँले स्पष्ट पार्नुभयो ।
 
“केन्द्रमा छलफल भइरहेको छ र सर्वसम्मत निर्णय पनि भइरहेको छ । यो निर्णय हामीले एक स्वरमा जनताको बीचमा लिएर जान जरुरी छ”,  मन्त्री डा महतले भन्नुभयो, “हामीभित्र एउटा निष्कर्ष निकालेपछि अलगअलग कुरा गर्नु पार्टीका लागि घातक हुन्छ ।
उहाँले भन्नुभयो, “संसद्मा हाम्रो तीन गुण बढी सङ्ख्या छ, यद्यपि यो परिस्थितिमा गठबन्धन सरकार बनेको हो । हामीले लोभ गर्दा सत्ता गुमेको हो भनेर आलोचना भएकै हो । यो कुरालाई भुलेर हामी अर्को बहसमा लाग्यो भने हामी काही पुग्दैनौँ । सङ्गठनको नेतृत्वमा निर्वाचन भएर बसेका हुन् वा बाहिर रहेकाले एकअर्कालाई सहने, सम्मान गर्ने, एकअर्कालाई सुन्ने मानसिकता बनाउनुपर्छ ।
 
यो मानसिकता भयो भने नेपाली कांग्रेसलाई बहुमत ल्याउन कसैले रोक्दैन ।
प्रवक्ता डा महतले भन्नुभयो, “धेरै नकारात्मक परिस्थिति भएको अवस्थामा म अर्थमन्त्री भएको थिएँ, बजेट बनाउने समय मसँग दुई महिना पनि थिएन, विना प्राथमिकताका ठेक्कामुखी आयोजना अगाडि बढाइएको थियो । समस्याको पहाड थियो ।
 
कोभिडका बेला मौद्रिक नीति सरल बनाइयो, ऋण उपयोग गर्ने ठाउँ नै थिएन ।
पछिल्लो समय विभिन्न स्वार्थ समूहले सताएको बताउँदै अर्थमन्त्री डा महतले भन्नुभयो, “इमान्दार, पारदर्शी र समर्पित भएर काम गर्दा कतिपय स्वार्थ समूह मेरा विरुद्ध खिनिएका छन् । जहाँ पुग्न पनि सहज छ अचेल, यसले खत्तम गर्‍यो भनेर दौडादौड गर्नेको यहाँ कमी छैन ।”

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार