२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कोरोना भाइरसको संक्रमण

कोरोना संक्रमण : "फ्रान्सबाट फर्किएका नेपालीमा देखियो"

संक्रमित व्यक्ति : १९ बर्ष, फ्रान्समा अध्ययनरत विद्यार्थि

सोमवार , चैत्र १०, २०७६

काठमाडौ, चैत्र  । स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयमै आकस्मिक पत्रकार सम्मेलन गरेर फ्रान्सबाट नेपाल फर्किएका एक जना नेपालीमा कोरोनाको संक्रमण देखिएको पुष्टि गर्नु भएको छ । 

फ्रान्सबाट फर्किएका नेपालीमा कोरोनाको पोजेटिभ देखिएको मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयमा विशेष पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिनुभयो । उहाँहरुको उपचार भैरहेको मन्त्री ढकालले जानकारी दिनुभयो ।

यसरी संक्रमित हुने व्यक्ति १९ बर्षको रहेको र उनी फ्रान्समा अध्ययनरत विद्यार्थि हुन् । उनी फ्रान्सबाट आएपछि आफैं क्वारेन्टाइनमा बसेकी थिइन्, उनको रिपोर्ट हिजो प्रयोगशालाले पोजेटिभ देखाएपछि अस्पताल भर्ना भएकी थिइन् । उनिसँग सम्पर्कमा आएका ब्यक्तिलाई पनि क्वारेन्टाइनमा रखिएको छ ।

मन्त्री ढकालले नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था र आशंकित व्यक्तिका बारेमा जानकारी गराउन भएको थियो । मन्त्री ढकालले सरकारले अत्यावश्यक सेवा बाहेकका सबै कामहरु बन्द गरेर जनतालाई आ–आफ्ना घरभित्र बस्न र बाहिर अनावश्यक भिडभाड नगर्न गरेको आग्रहलाई पालना गर्न अनुरोध गर्नु्भयो ।

कोरोना कसलाई लागेको हो उहाँको नाम सार्वजनिक गरिएको छैन । उहाँसँग राखिएको व्यक्तिलाई क्वारेनटाइनमा राखिएको पत्रकार सम्मेलन मन्त्री ढकालले जानकारी दिनुभयो । उहाँको परिक्षणपछि आइतबार गरिएको रिर्पोटमा पोजेटिभ देखिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार