काठमाडौँ, मंसिर । नेपाली कांग्रेसको पुसमा हुने भनिएको महासमिति बैठक सरेको छ । आज, शुक्रबार, बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बठकले सो निर्णय गरेको हो ।
महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म बस्ने निर्णय गरेको केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिएका छन । ।
सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचन र जाडो यामलाई कारण देखाएर बैठक सार्ने प्रस्ताव गरेका थिए ।
अब फागुन ७-१० मा हुने गरी तय गरिएको जनाइएको छ । यसअघि पौष १६-१९ मा गर्ने निर्णय भएको थियो ।