काठमाडौँ, मंसिर । नेकपा माओवादी नेतृत्व सरकार परिवर्तनको विकल्प नभएको नेपाली कांग्रेस नेता डा शेखर कोइरालाले बताएका छन् ।
नेता डा. कोईरालाले विराटनगर विमानस्थलमा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै भने, माओवादी नेतृत्व सरकार जनताका समस्या समाधान गर्न असफल भएको छ । उनले यो थपे, सरकारले जनतामा आशसम्म जगाउन नसक्ने सरकार परिवर्तनको विकल्प नभएको बताएका हुन् ।
कांग्रेस नेतृत्वको सरकारले मात्रै देशमा विद्यमान समस्या समाधान गर्ने कोइरालाको दाबी थियो । यो सरकारसँग जनता निराश भएका छन् ।
जताततै भ्रष्टाचार र व्यथिति मौलाएको छ । उनले भने, 'जतिसक्दो चाँडो सरकार परिवर्तन गर्नुपर्छ र सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ । '
'अहिलेको नेतृत्वबाट देशले निकास पाउँदैन । कोइरालाले सरकारको असक्षमताका कारण मुलुकमा आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक अराजकता मौलाएको छ ।'
कांग्रेसले मात्रै मुलुकको समस्या समाधान गर्न नेता कोइरालाको तर्क थियो । कांग्रेसमा आफ्नो समूहमा संसदीय दलको नेता परिवर्तनको आवाज उठेको बताउँदै नेता कोइरालाले भने, 'लोकतन्त्रमा अंकको खेल हुन्छ । हाम्रो समूहमा दलको नेता फेर्ने आवश्यक संख्या छैन । '
'कोशी प्रदेशमा देखिएको विवाद वार्ता र संवादबाट टुंगो लगाउनु पर्नेमा जोड दिँदै कोइरालाले पहिचानवादीसँग वार्ताको टेबलमा बसेर विवाद मिलाउन पर्ने सुझाए । '
'कोशी नामका विषयमा विवाद छ । त्यसलाई असन्तुष्ट पक्षसित बसेर समाधान गर्नुपर्छ,' उनले भने ।
अर्को प्रसंगमा कोइरालाले राजनैतिक नेतृत्व, व्यापारी र कर्मचारीको मिलेमतोबिना एनसेल प्रकरण हुनै नसक्ने ठोकुवा गरे । एनसेलमा एक/दुई अर्ब होइन अर्बौं अर्ब घोटाला भएको छ ।
कोइरालाले भने, 'यति ठूलो घोटालामा राजनैतिक नेतृत्व, व्यापारी र कर्मचारीको मिलेमतो बिना हुनै सक्दैन । कस–कसको संलग्नता छ भनेर विस्तारै अनुसन्धानले खुल्दै जान्छ ।'