२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नयाँ समझदारी गरेर देशलाई अगाडि लैजान आवश्यक छ’ : अध्यक्ष लिङ्देन

बुधवार , मंसिर २७, २०८०

 

सुदूरपश्चिम,  मङ्सिर ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि लैजानुको विकल्प नरहेको बताउनुभएको छ ।

राप्रपाद्वारा आज कैलालीको पहलमानपुरमा आयोजित आमसभामा अध्यक्ष लिङ्देनले अहिलेको व्यवस्था र अवस्था बदल्नका लागि पार्टी संवैधानिक राजासहितको प्रजातन्त्रका पक्षमा रहेको बताउनुभयो । 
 
उहाँले भन्नुभयो, “राप्रपा पछाडि फर्किने पनि होइन, पहिलेको र अहिलेको व्यवस्थामा जाने पनि होइन, सम्झौता र सहमति गरेर नयाँ व्यवस्थामा जानुपर्छ ।” 

उहाँले देशलाई कमजोर अवस्थामा पु¥याएर बेथिति बढाउनमा तीन ठूला दल जिम्मेवार रहेको आरोप लगाउनुभयो । 
 
राप्रपाका महामन्त्री धवलशम्शेर राणाले व्यवस्था र नेतृत्व परिवर्तन गरी देशमा परिवर्तन ल्याउन पार्टीले अघि बढाएको आन्दोलनमा सहयोग गर्न आग्रह गर्नुभयो । 

आमसभामा सो पार्टीका उपाध्यक्ष राजेन्द्र मिश्र र प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतले पनि बोल्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार