काठमाडौं, चैत । कोरोना भाइरस (कोभिड–१९) १८६ देशमा फैलिएको छ । आइतबार बिहानसम्म १३ हजार ४ जनाको ज्यान गएको छ । सबैभन्दा बढी इटालीमा ज्यान गएको छ । निकै तीव्र गतिमा मृत्यु भइरहेको इटालीमा मर्नेको संख्या ४ हजार ८२५ पुगेको छ । चीनको वुहानबाट डिसेम्बर अन्तिमबाट सुरु भएको कोरोनाले चीनमा ३४ सयको संख्यामा मृत्यु भएको छ ।
इरानमा १५ सय ५६,
स्पेनमा १३ सय ८१
फ्रान्समा ५६२,
अमेरिकामा ३२३,
बेलायतमा २३३,
नेदरल्याण्डमा १३६,
दक्षिण कोरियामा १०२,
जर्मनीमा ८४,
स्वीटजरल्याण्डमा ८०,
बेल्जियममा ६७
को ज्यान गएको छ ।
दक्षिण एसिया:
१० जनाको ज्यान गइसकेको छ । सबैभन्दा बढी भारतमा ४ जनाले ज्यान गुमाए ।
संक्रमित ५ लाख ५ हजार २३४:
चीन : ८१ हजार ३२१
इटाली : संक्रमित ५३ हजार ५७८
अमेरिका : २५ हजार ४९३
स्पेन : २५ हजार ३७४
जर्मनी: २२ हजार २१३
इरान : २० हजार ६१०
फ्रान्स: १४ हजार ३०८
दक्षिण कोरिया : ८ हजार ७९९
स्वीटजरल्याण्ड ६ हजार ५७५
जना संक्रमित छन् ।
निको भएर घर फर्केका : ९२ हजार २९६
त्यसमा सबैभन्दा बढी चिनियाँ नै हुन् । इरनामा ७ हजार ६३५, इटालीमा ६ हजार ७२ तथा स्पेनमा २ हजार १२५ जना निको भएका छन् । विश्व स्वास्थ्य संगठनले भने १८५ देशमा फैलिएको, ११ हजार २०१ जनाको ज्यान गएको र २ लाख ६७ हजार १३ जना संक्रमित भएको जनाएको छ ।