२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपाली कांग्रेस 

सभापति देउवाले भने : " कांग्रेस एकजुट भए, एकल बहुमत आउँछ "

'विकास जसरी अगाडि बढ्नुपर्ने हो, त्यसरी हुन सकेको छैन '

मंगलवार , मंसिर १९, २०८०

 

काठमाडौँ, मंसिर ।  कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै नेता कार्यकर्ता एकजुट भएर  अगाडी बढेमा कांग्रेस एक्लैले बहुमत ल्याउन सक्ने बताएका छन् । 

उनले  भने, मुलुक संघीयतामा गइसकेपछि पनि समानुपातिक र समावेशी विकासको अवधारणा स्थापित हुन बाँकी नै छ । 

मंगलबार ओखलढुंगामा कांग्रेसको जिल्ला सम्मेलन तथा बीपी स्मृति भवन उद्घाटन गर्दै सभापति देउवाले कांग्रेस एक्लैले बहुमतको सरकार बनाएको अवस्थामा जनताले चाहेको जस्तै गरी संविधान कार्यान्वयनमा काम गर्नसक्ने बताए ।

अहिले देश संघीयतामा गइसकेको छ । हाम्रो देशको विकास जसरी अगाडि बढ्नुपर्ने हो, त्यसरी हुन सकेको छैन । 

त्यसकारण संघीयताले सबैको चाहना र भावना बमोजिमको विकास गर्न सकेको छैन,’ सभापति देउवाले अघि भने, ‘हामी आदिबासी जनजाति, महिला सबैले चाहेको जस्तो विकास गराउन प्रयास गरिरहेका छौँ । 

सबैको साझा अपनत्व सहितको देश निर्माण र विकास गर्न हामीले काम गर्नै बाँकी छ । तर अहिले हाम्रो पार्टीको मात्रै सरकार बन्ने अवस्था छैन । 

अहिलेको संविधानमा अहिले नै एउटै पार्टीले मात्रै बहुमतको सरकार बनाउने अवस्था छैन ।  तैपनि हामी कांग्रेसमा सबै जना एकजुट भयौँ भने भोलि पार्टीले एकल बहुमत ल्याएर अझ कांग्रेसले जनताले चाहेका कुराहरू गर्न सक्नेछ ।’

उनले ओखलढुंगा नेपालको राजनीतिक इतिहासमा समेत ऐतिहासिक जिल्ला भएको उल्लेख गरे । 

सभापति देउवाले जिल्लामा पार्टीको आफ्नै भवन बनाउन सकेको भन्दै नेता कार्यकर्ताहरूलाई बधाई र धन्यवाद दिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार