२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपाली कांग्रेस

 सभापति देउवाले भने : " कांग्रेस एकताबद्ध भएर अघि बढ्छ "

'भाषणले नचल्ने र काम गरेर देखाउनु पर्ने '

शनिवार , मंसिर १६, २०८०

बुटवल, मंसिर । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिका दिनमा पार्टी एकताबद्ध र बलियो भएर अघि बढने विश्वास व्यक्त गरेका छन् ।

सभापति देउवाले आफूभन्दा अघि बोल्ने कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीसहित पार्टीका अन्य नेताले पार्टी एकताबद्ध नभएको, गुट र उपगुट बनेको, कार्यकर्तामा निराशा छाएको विचार व्यक्त गरेका थिए ।

कांग्रेस एकताबद्ध भएर अघि बढ्ने सभापति देउवाको विश्वास त्यसको जवाफ दिँदै सभापति देउवाले पार्टी भाषणले नचल्ने र काम गरेर देखाउनु पर्ने पनि बताए ।

देउवाले लुम्बिनी बुद्ध जन्मेको स्थान भएको र बुद्धकै उपदेश विश्वभर फैलिएको भन्दै उनले बुद्धकै स्थलमा भएको लुम्बिनी प्रदेश सम्मेलनले पार्टीलाई एकताबद्ध बनाउने विश्वास व्यक्त गरेका हुन् ।

चन्द्र भण्डारी जीले भनिसक्नु भयो, पार्टी एकताबद्ध भएन, राम्रो काम भएन, उनले भने, पार्टी भाषणले चल्दैन, अब तपाईंको पालो आउँदैछ, राम्रो बनाउनु होला, भाषण अनुसार काम पनि गर्नुहोला ।

उनले आफू कम बोल्ने तर काम बढी गर्ने नेता भएको पनि दाबी गरे । म त कम बोल्ने मान्छे हुँ, थाहै छ, उनले भने, 'कम बोल्ने, धेरै काम गर्ने विचार छ, हेरौं के हुन्छ ।' काठमाडौं छिट्टै फर्कर्नु पर्ने भन्दै उनले महामन्त्रीद्वय र वरिष्ठ नेता शेखर कोइरालाभन्दा अघि नै बोलेर हिंडेका छन् ।

सभापति देउवा अघि कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौर, केन्द्रीय सदस्यहरु डाक्टर चन्द्र भण्डारी, दीपक गिरी, पुष्पा भुसाल लगायतले बोलेका थिए । बोल्ने बक्ताले कांग्रेसमा दुई समूहका पक्षमा आक्रोस व्यक्त गरेका थिए ।

राठौर, गिरी र भुसालले संस्थापन पक्षको बचाउ गरेका थिए । भण्डारीले पार्टी एक हुन नसकेको, गुट, उपगुट र परिवारजन देखिएको बताएका थिए । त्यसरी पार्टी चल्न नसक्ने भन्दै खराव कामको स्वमित्व कांग्रेसले लिन नसक्ने भन्दै उनले अबको नेता शेखर नै भएको बताएका थिए ।

सभापति देउवाले त्यसकै जवाफ दिँदै पार्टी एकताबद्ध र बलियो हुने विश्वास व्यक्त गर्दै त्यस्तो बनाउने शुभकामना भण्डारीलाई दिएका हुन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार