२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपाली कांग्रेस 

महामन्त्री थापाले भने  : "  गणतन्त्र नै उत्तम व्यवस्था हाे "

'देशमा थुप्रै कमी कमजोरी छन, त्यसलाई सच्याउनुपर्छ '

शनिवार , मंसिर ९, २०८०


काठमाडाैँ, मंसिर ।  गणतन्त्रका विषयमा उठिरहेको प्रश्न मुलुकमा गणतन्त्र भएकै कारणले सम्भव भएको  धारणा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले  राखेका छन् । 

गुल्मी कांग्रेसको दोस्रो जिल्ला सम्मेलनको  उद्घाट्न कार्यक्रमका अवसरमा आयोजित पहिलो दिनको आमसभामा  बोल्दै महामन्त्री थापाले  भने, राजतन्त्रको समयमा आफूले राजतन्त्रका विरुद्ध प्रश्न उठाएकै कारण पक्राउ परेको थिए  ।  

उनले थपे,  कारागारमा कांग्रेस नेता प्रदीप पौडेललाई भेट्न जाँदा प्रहरीले आफूलाई समातेको स्मरण गरे । 

“अहिले देशमा विभिन्न बहनामा गणतन्त्रमाथि प्रश्न उठिरहेको छ”, उनले भने, “गणतन्त्र भएकै कारणले प्रश्न गर्न पाइएको हो, यदि राजतन्त्र भएको भए यसप्रकारको विरोध सुन्न पाइने थिएन ।” 

नेतामाथि गाली गर्न, चित्त नबुझेको कुरामा प्रतिकार गर्न, व्यवस्था ठीक भएन भन्न र व्यवस्था बदल्छु भन्न पनि गणतन्त्र भएकाले नै सम्भव भएको उनको भनाइ छ । 

गुल्मीको सदरमुकाम तम्घासस्थित चिदिचौरमा भएको कार्यक्रममा नेता थापाले जनताले ल्याएको गणतन्त्रको व्यवस्था नै उत्तम व्यवस्था रहेको बताए । 

देशमा थुप्रै कमी कमजोरी रहेकामा त्यसलाई सच्याउनुपर्ने भन्दै उनले अन्य विकल्प खोज्न नपर्ने बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार