२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

बल्खुमा र तीनकुने, प्रहरीले चलायो जामर भेहिकल

बिहिवार , मंसिर ७, २०८०

काठमाडौँ,मङ्सिर।मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको बल्खुमा   आयोजना गरेको प्रदर्शनमा प्रहरीले जामर भेहिकल सञ्चालन गरेको छ ।मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन सो प्रविधि चलाउने गरिन्छ ।

बल्खुमा आयोजना गरेको सभाका क्रममा झडप भएको छ । झडपमा दुईजना घाइते भएका छन् । घाइतेलाई उपचारका निम्ति बल्खुस्थित बयोधा अस्पतालमा लगिएको छ । टाउकोमा सामान्य चोट लागेपछि उनीहरूलाई अस्पतालमा लगिएको नेपाल रेडक्रसका स्वास्थ्यकर्मीले बताएका छन् ।

यसअघि, कार्यक्रममा सहभागीले तोडफोड गरेका थिए । दुर्गा प्रसाईँ नेतृत्वको‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृतिर नागरिक बचाऊँ अभियान’को प्रदर्शन तीनकुने स्थित युवा संघको प्रदर्शन स्थलमा पनि १ थान जामर भेहिकल सञ्चालन गरिएको छ ।


Sajhasabal.com | Homeतीनकुनेमा युवा संघको विशाल प्रदर्शन जारी (LIVE)

बल्खुमा झडप हुँदा दुईजना घाइते (तस्बिरहरू) - बाह्रखरी :: Baahrakhari


प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार