२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

भूकम्प पीडितलाई इयूको २८ करोड ८० लाख सहायोग

बिहिवार , कार्तिक ३०, २०८०

 

काठमाडौँ, कात्तिक । युरोपेली सङ्घ (इयू) ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ रु २८ करोड ८० लाख प्रदान गर्ने भएको छ । इयूले  मानवीय सहायता स्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । 

आवास, शुद्धपेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्य सम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्प पीडितलाई मानवीय सहायता स्वरुप उक्त रकम प्रदान गर्ने निर्णय भएको यहाँस्थित यु्रोपेली सङ्घको प्रतिनिधिमण्डलले जनाएको छ । 

अन्तरराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासङ्ले नेपाल रेडक्रस सोसाइटीमार्फत मानवीय सहायता परिचालन गर्नेछ । 

युरोपेली मानवीय सहायता कोषबाट केही रकम नेपालका भूकम्प पीडितलाई उपलब्ध गराइएको हो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार