२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

देश गम्भीर राजनीतिक र आर्थिक संकटमा

प्रधानमन्त्री दाहालले भने : " मुख्य दल मिलेर राजनीतिक अपिल गर्दैछौं"

'संकट समाधान गर्न सरकार गम्भीर छ'

बिहिवार , कार्तिक १६, २०८०

 

काठमाडौँ, कात्तिक ।  देशमा  राजनीतिक र आर्थिक संकट चुलिदै गएपछि देशका मुख्य राजनीतिक दलका नेताहरु एक ठाउँमा उभिएर अगाडि बढ्ने तयारी रहेको   प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन । 

उनले आज बुटवलमा आयोजित कार्यक्रममा भने, प्रमुख राजनीतिक दलहरू एकै स्थानमा उभिएर वर्तमान राजनीतिक र आर्थिक संकट समाधानका लागि अपिल गर्ने तयारी भइरहेको  जानकारी  दिएका छन । 


कार्यक्रमका अवसरमा प्रधानमन्त्री दाहालले भने, त्यसका लागि मुख्य राजनीतिक दलहरूबीच समझदारी पनि भइसकेको छ । 

सिद्धार्थ बाल तथा महिला अस्पतालले स्तरोन्नति गरेर थप गर्न लागेको २ सय शय्या सञ्चालनका लागि निर्माण हुने भवनको शिलान्यास गर्न बुटवल पुगेका प्रधानमन्त्री दाहालले राजनीतिक र आर्थिक संकट समाधाना सरकार पनि गम्भीर रहेको पनि बताएका छन ।

संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न विस्तृत शान्ति सम्झौताका पक्षधर मुख्य दलहरू एकै स्थानमा उभिएर १र२ दिनभित्रै हामीले अपिल गर्ने तयारीमा छौं,’ उनले भने, ‘अहिले राजनीतिक संकट र आर्थिक संकट समाधान गर्ने विषयमा पनि सरकार गम्भीर छ ।’ 

उनले प्रधानमन्त्रीकै उपस्थितिमा समीक्षात्मक समीक्षासहित विशेष कार्ययोजना पनि सार्वजनिक गर्न लागेको बताए । आर्थिक क्षेत्रको सुधारका लागि पनि सरकार निरन्तर प्रयासमा लागेको उनले बताए ।

 ‘सरकारकै प्रयासले बैंकको ब्याजदर केही घटेको छ, त्यसलाई एक अंकमा झार्ने प्रयासमा सरकार छ,’ उनले भने, ‘थप राजनीतिक र आर्थिक कमिटमेन्ट पनि हामीले दलहरूको तर्फबाट सामूहिक रुपमा गर्दैछौं, त्यसपछि पनि आर्थिक क्षेत्र थप सुधार हुनेछ ।’

प्रधानमन्त्रीको हैसियतमा आफूले गरेका भारत, संयुक्त राष्ट्रसंघ, अमेरिका र चीन भ्रमणका परिणामहरू पनि आउने क्रममा रहेको बताए । ‘कतिपय परिणाम आउन समय लाग्छ,’ उनले भने, ‘त्यस्ता परिणामहरू अब आउने क्रममा रहेका छन् ।ु

प्रधानमन्त्री दाहालले आम्दा नेपालले सञ्चालन गरिरहेको सिद्धार्थ बाल तथा महिला अस्पतालको शय्या थपका लागि निर्माण हुन लागेको २ सय शय्याको भवनको शिलन्यास पनि गरेका छन् । 

भवन निर्माणको लागत १० करोड रुपैंयाँ छ । उक्त रकम जापानस्थित आम्दा इन्टरनेसनलले सहयोग गर्ने भएको छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार