२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

एमालेको चियापान कार्यक्रम

प्रधानमन्त्री दाहालले भने  : "  संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलबीच समझदारी "

'पीडितलाई केन्द्रमा राखेर नै कानुन निर्माण हुन्छ'

बुधवार , कार्तिक १५, २०८०

काठमाडौँ, कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलहरुबीच समझदारी बनेको बताएका छन् । 

एमालेले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै उनले बुधबार बिहान कांग्रेस सभापति र एमाले अध्यक्षसँग भएको भेटमा संक्रमणकालीन न्याय कानुनमा चाँडो टुंगिने बताए ।  

'कांग्रेस सभापति, एमाले अध्यक्ष र म बसेका थियौं, एउटा अन्डरस्ट्यान्डिङ बनेको छ यो विषय छिट्टै टुंगिन्छ,' प्रधानमन्त्री दाहालले भने । प्रधानमन्त्री दाहालले पीडितलाई केन्द्रमा राखेर नै कानुन निर्माण हुने बताए ।

हामीले पीडित केन्द्रित भएर कानुन बन्ने भनेर पटक(पटक भन्दै आएका छौं । विधेयकमा पनि त्यही छ,' उनले भने, 'जहिल्यै पनि दलहरुलाई एकै स्थानमा ल्याउन पहल गरेको छु ।'

'आजको मिटिङ पनि त्यही पहल हो । त्यो सकारात्मक भएको छ । अस्ती कांग्रेसको शुभकामना र आज भएको कार्यक्रमले पार्टीहरुबीचमा सहमझदारी बनाउन राम्रो वातावरण बनेको छ ।'

सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिहरु छानबिनसम्बन्धी विधेयकले संसद्मा‌ विचाराधीन रहेको छ । कतिपय पीडितहरुले पीडितकेन्द्रित नभएको भन्दै आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार