२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्यमा सामान्य वृद्धि

शुक्रवार , चैत्र ७, २०७६

काठमाडौं, चैत । सुनको मूल्य घटबढ हुने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य शुक्रबार बढेको छ ।

बिहीबार ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार तोलामा पाँच सय रुपैयाँले बढेर ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ७५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुनको मूल्य तोलामा ७४ हजार सात सय रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार