काठमाडौँ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको जानकारी दिएको छ ।आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ९५० रुपैयाँ कायम छ ।
हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ४५० रुपैयाँ कायम थियो ।यससँगै ५ रुपैयाँ प्रतितोला मूल्य घटेसँगै आज चाँदी १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ कायम थियो ।