२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कोशीमा कांग्रेस -  एमाले सहकार्य 

नेता डा.कोइरालाले भने  : "  मध्यावधि निर्वाचन टार्न मात्रै सहकार्य "

सत्ता गठबन्धनमा कोशीको सरकार गठनले कुनै असर नपर्ने 

शुक्रवार , कार्तिक ३, २०८०


मोरङ, कात्तिक । प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता शेखर कोइरालाले सत्ता गठबन्धनमा कोशीको सरकार गठनले कुनै असर नपर्ने बताएका छन् ।

विराटनगरमा शुक्रबार पत्रकारसँगको कुराकानीमा कोइरालाले कोशी प्रदेशसभाको जटिल अंक गणितले मध्यावधि निर्वाचन टार्नमात्रै एमालेसँग मिलेर सरकार गठन गरिएको र यसको असर गठबन्धन, संघीय सरकारलगायत अन्य प्रदेशमा नपर्ने बताएका हुन् ।

कोशीमा मुख्यमन्त्री नियुक्तिका लागि राप्रपाका नेताले हामीसँग गरेको कुराकानीका आधारमा प्रदेशसभा जोगाउन मुख्यमन्त्री केदार कार्कीले विद्रोह गरेको उनले बताए । 

झराप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिएकोबाट पनि उहाँहरूको मनसाय उजागर भएको छ, कोइरालाले भने, गठबन्धनको निर्णयका आधारमा राप्रपाको भर परेर मुख्यमन्त्री नियुक्ति प्रक्रियामा गएको भए प्रदेशसभा विघटन भएर मध्यावधि निर्वाचनमा जानुपर्थ्यो ।

उनले कोशी सरकार अहिले सरकार गठन भएको अवस्थालाई नै समेटेर विस्तार हुने बताएका छन् । प्रदेश सरकार विस्तार दसैपछि मात्रै हुने पनि कोइरालाको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार