२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कोशी प्रदेश 

मुख्यमन्त्री चयन बिबाद   : "  समर्थन गर्ने सांसदको  सनाखत शनिबार "

मुख्यमन्त्री दुबैका  ४७/ ४७ सांसदको समर्थन

शुक्रवार , आश्विन २६, २०८०


विराटनगर, असोज । कोशी प्रदेश मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरु शनिबार सनाखत गरिने भएको छ ।  मुख्यमन्त्रीका लागि ४७/ ४७ सांसदको समर्थन रहेको भन्दै दुई जनाले दाबी पेस गरेपछि शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म प्रदेश प्रमुख पर्शुराम खापुङले सनाखत गर्न लागेका हुन् ।

दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्र साथ प्रदेश प्रमुखको कार्यालयको सभाहलमा तोकिएको समयमा उपस्थित हुन आग्रह गरिएको छ ।

मुख्यमन्त्री पदमा नियुक्तिका लागि कोशी प्रदेशसभा सदस्यहरू माननीय इन्द्रबहादुर आङ्बो र माननीय केदार कार्कीले ४७/ ४७ जना सदस्यहरूको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेस गरेको अवस्थामा,'प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा छ।'

 विज्ञप्तिमा भनिएको छ, कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरी प्रदेश सरकार गठनका लागि माननीय प्रदेश प्रमुखज्यूले भोलि मिति २०८०र६/ २७ गते शनिबार बिहान ८: ०० बजेदेखि दिउँसो २ :०० बजेसम्म दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गर्नुभएका सम्पूर्ण प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्र साथ प्रदेश प्रमुखको कार्यालयको सभाहलमा उपस्थित भई सनाखत गरिदिने प्रयोजनका लागि उपस्थित गराउने निर्णय गरिएको छ । 

मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखले शुक्रबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरे बमोजिम आङ्बो र कार्कीको दाबी पेस भएको हो । आङ्बो सत्ता गठबन्धन र कार्कीले एमाले सांसदको समर्थनमा दाबी पेस गरेका हुन् ।

kosh-13102023025059-1000x0.jpg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार