काठमाडौँ, असोज । कोशी प्रदेशमा गठबन्धन दलले तोककेको मुख्यमन्त्रीमा बिबाद भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
कोशी प्रदेशको मुख्यमन्त्री चयन गर्ने विषयमा कोशीकै गठबन्धा दलका सांसदहरूबीच विभाजन देखिएपछि त्यसबारे छलफल गर्न सभापति देउवाले पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दिउँसो सभापति देउवाको निवास धुम्बाराहीमा पार्टीको कार्यसम्पादन समितिको बैठक बस्न लागेको जानकारी दिए ।
कोशी प्रदेशमा संविधानको धारा १६८ उपधारा ५ बमोजिमको सरकार गठन गर्न मुख्यमन्त्रीमा दाबी गर्ने समय शुक्रबार साँझ ५ बजे सकिँदैछ ।
देउवाले कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपासहितको गठबन्धनबाट इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेका थिए ।
तर प्रदेशसभामा रहेका कांग्रेसका सांसदहरुले भने देउवाको त्यो निर्णय स्वीकार नगरी डा. शेखर कोईराला पक्षधरले एमालेसँगको मिलेमतोमा सरकार गठन गर्न प्रदेश सभासद् बेदार कार्कीलाई अघि सारेपछि बिबाद उत्पनन भएको हो ।
कांग्रेसकै सांसद केदार कार्कीले मुख्यमन्त्रीमा दाबी गरेका छन् भने उनलाई नेकपा एमालेका ४० र कांग्रेसकै ८ जना सांसदको समर्थन छ ।
त्यस्तै, गठबन्धन दलहरुले भने संसदीय दलका नेताहरुले हस्क्षातार गरेर नेकपा माओवादी केन्द्रका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरिसकेका छन् ।