२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपाली कांग्रेस 

नेता कोइरालाले भने :   " प्रधानमन्त्री - कि सच्चिनुस्, कि कुर्सी छोड्नुस् "

" राष्ट्रियसभा - 'पूर्ण समावेशी, प्रतिनिधिसभा २४० सदस्यीय प्रत्यक्ष निर्वाचित' हुनुपर्छ"

शनिवार , आश्विन २०, २०८०

 

काठमाडौँ, असोज । सरकारले राम्रोसँग काम गर्न नसकेको नेपाली कांग्रेसका नेता शेखर कोइरालाले टिप्पणी गरेका छन् ।काठमाडौंमा शनिबार आयोजना गरिएको  एक कार्यक्रममा नेता कोइरालाले  भने, सरकारले जनताको अपेक्षाअनुरुप काम गर्न सकेन, अब पनि नसच्चिने हो भने कुर्सी छोड्नु उपयुक्त हुन्छ । 

‘नेता कोइरालाले भने, सरकारले ठीक ढंगले काम गर्न सकेको छैन । सरकार सच्चिन जरुरी छ । ’ उनले थपे, ‘यदि नसच्चिने हो भने प्रधानमन्त्रीले कुर्सी छोड्नुपर्यो ।’

नेता कोइरालाले अब कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने पनि बताए । उनले पार्टी सभापति शेरबहादुर देउवासँग कुनै विवाद नभएको, तर सभापतिले पार्टीलाई विधिसम्मत रुपमा सञ्चालन भने गर्नुपर्ने बताए ।

उनले दलहरूले एकजुट भएर अहिलेको निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्ने बताए । ‘संविधानमा कतिपय समस्याहरू छन् ।

हामीले संविधान संशोधन गरेर निर्वाचन प्रणाली पनि सच्याउनुपर्नेछ,’ उनले भने, ‘राष्ट्रियसभालाई पूर्ण समावेशी र प्रतिनिधिसभालाई २४० सदस्यीय प्रत्यक्ष निर्वाचित हुने गरी गर्नुपर्छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार