२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

अध्यक्षओलीले भने : ' गठबन्धन सरकारको विकल्प छैन'

शुक्रवार , आश्विन १२, २०८०

‘मोरङ, असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारको विकल्प नभएको बताएका छन ।  

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रमुख जिम्मेवार पार्टी जिम्मेबार नभएसम्म अर्को सरकार निर्माण हुन नसक्ने टिप्पणी गरे । 

अध्यक्ष ओलीले एमाले र नेपाली कांग्रेस मिलेर सरकार निर्माण गर्नेतर्फ अहिले केही नसोचेको बताए ।  उनले वर्तमान गठबन्धन सरकारले देश र जनताको हितको केही कार्य नगरेको बताए । 

पूर्वप्रधानमन्त्री ओलीले कोशी प्रदेश सरकारको स्थायित्व आवश्यक रहेको चर्चा गर्दै मध्यावधि निर्वाचनतर्फ जानु बुद्धिमतापूर्ण नभएकाले यसतर्फ राजनीतिक दलहरूले गम्भीर मनन गर्नुपर्नेमा जोड दिए । 

उनले कोशी प्रदेशमा मध्यावधि निर्वाचन भए एमालेले बहुमत ल्याउने दाबी गरे ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार