काठमाडौँ, असोज । मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको तर त्यसमा सुधारका लागि सरकारले कदम नचालेको प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
अर्थतन्त्र उकास्न कुनै कदम चाल्ने भन्दा पनि सरकार सत्ता टिकाउने मात्रै उद्यत रहेको बताउँदै उनले थपे, अब यही पद्धतिबाट चले अर्थतनत्र माथि उकास्न नसकिने बताए ।
उनले थपे, अब यही यसरी अगाडि बढे अर्थतन्त्र सबल बनाउन सकिने अवस्था कसरी रहन्छ भनी प्रश्न ठाएका छन् ।
काठमाडौंमा मंगलबार ‘निजी क्षेत्रसँग एमाले’ विषयक छलफल कार्यक्रममा ओलीले अर्थतन्त्रको अवस्थाबारे बुझ्न सरकारको नेतृत्वलाई फुर्सद नै नभएको भनी बताए ।
हामी सरकार र राष्ट्र बैंकसँग पनि कुरा गर्छौं । राष्ट्र बैंकले बैंकहरूलाई निर्मम साहुजी बनाउने होइन । उद्यम, विकासका सहयोगी संस्थाका रुपमा विकास गर्नुपर्छ, परिचालन गर्नुपर्छ ।
ब्याजदर कहिले - कहिले कुनै कारणले बढ्छ भने पनि सधैँ त्यसलाई आधार बनाएर लैजान सकिँदैन । ब्याजद घटाउनुपर्छ । १५ प्रतिशत ब्याजमा ऋण लिएर तीन- तीन महिनामा मिटरब्याजी, त्यति चर्को ब्याजमा पैसा लिएर कुनै काम कसैले सुरु गर्यो भने के प्रतिफल आउँछ ?
पाँच वर्षसम्म काम गर्नुपर्छ । त्यतिबेलासम्म तिर्नै नसक्ने गरी ढाड सेकाइएको हुन्छ । उत्पादन सुरु नै भएको हुँदैन । उत्पादन नभई रिटर्न कहाँबाट गर्छ ?,' उनले भने, 'त्यस्ता कुरामा व्यवहारिक ढंगले लैजानु पर्दछ ।'
पहिलो कुरा त सरकार यी सबै कुरा बुझ्ने हैसियतमा हुनुपर्यो । त्यो बुझ्ने ल्याकत सरकारमा छैन । सरकारमा त्यो प्रतिबद्धता हुनुपर्यो ।
अध्यक्ष ओलीले आफ्नो पार्टीलाई सरकारमा जाने हतारो नभए पनि २०८४ सालको निर्वाचनसम्म पर्खंदा मुलुकमा एउटा पनि उद्योगधन्दा नरहने अवस्था आउने हो कि भन्ने चिन्ता लागेको पनि बताए ।
मुलुकको अर्थतन्त्र जरैदेखि हल्लिए पनि वर्तमान सरकारसँग त्यसलाई हटाउने ल्याकत नै नभएको र अब यो प्रणाली नै पनि बिग्रिसकेको उनको दाबी थियो ।