२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपाली कांग्रेस 

 महासमिति बैठकआगामी मङ्सिर १३ देखि १५ सम्म  :  'तयारी समिति गठन'

उपसभापति  खड्काको नेतृत्वमा नीति निर्माण समिति 

मंगलवार , आश्विन ९, २०८०

काठमाडौं, असोज ।  नेपाली कांग्रेसले महासमिति बैठक तयारीका लागि समिति गठन गरेको छ । कांग्रेस केन्द्रीय समिति बैठकले महासमिति बैठकको तयारी समिति गठन गरेको हो । 

आगामी मङ्सिर १३, १४ र १५ गतेका लागि महासमितिको बैठक बस्दै छ । 

सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल आयोजक समिति, उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नीति निर्माण समिति गठन भएको छ । 

यस्तै, महामन्त्री गगनकुमार थापाको नेतृत्वमा साङ्गठनिक प्रतिवेदन तयारी समिति र अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा समसामयिक राजनीतिक प्रस्ताव तयार गर्ने समिति गठन गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार