२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कांग्रेस केन्द्रिय कार्यसमिति बैठक

देउवाको बैठकमा जानकारी  :  ' ठाउँ कम छ, धेरैलाई केन्द्रिय समितिमा समेट्न सकिएन '

 'धेरै साथी छुट्नुभयो, महासमिति सदस्यमा अरू साथीलाई अटाउँला ’

बिहिवार , आश्विन ४, २०८०

काठमाडौँ, असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा छुटेका नेताहरूलाई पार्टीको महासमितिमा समेट्ने बताएका छन् । 

सानेपास्थित केन्द्रीय कार्यालयमा बिहीबारदेखि बसेको केन्द्रीय कार्यसमितिको बैठकको सुरूमै सभापति देउवाले थप ८ जनालाई केन्द्रीय सदस्य मनोनीत गरिएको जानकारी गराउँदै अझै धेरै नेताहरू छुटेको बताए ।

उनले छुटेका नेताहरूलाई महासमितिमा समेटेर लैजाने आश्वासन समेत दिए । ‘केन्द्रीय कार्यसमितिमा केही साथीहरूलाई मनोनीत गरिएको छ । 

ठाउँ कम छ, त्यसैले धेरै साथीहरू छुट्नुभएको छ,’ उनले भने, ‘छुटेका नामहरू तपाइँहरूले पनि भन्नुहोला, महासमिति सदस्यमा अरू साथीहरूलाई अटाउँला ।’

कांग्रेसको विधानबमोजिम हरेक दुई महिनामा कम्तीमा एक पटक केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने प्रावधान छ । 

सभापति देउवाले १४ औँ महाधिवेशनपछि पहिलो पटक विधानबमोजिम समयमै केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । बिहीबारको बैठक पनि प्रत्यक्ष प्रशारण भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार