२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपाली कांग्रेस

कोइराला समूह बैठक   :  " सरकारको काम चित्तबुझ्दो छैन, बिकल्प खोजौ "

केन्द्रीय समिति बैठकमा त्यसबारे कुरा उठाउने निष्कर्ष 

मंगलवार , आश्विन २, २०८०

 

काठमाडौँ, असोज । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले वर्तमान सरकारले चित्तबुझ्दो काम गर्न नसकेको निष्कर्ष निकालेका छन । 

विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यसमिति बैठकको तयारीका सन्दर्भमा छलफल गर्न मंगलबार कोइरालाको बालुवाटारस्थित सम्पर्क कार्यालयमा बसेको भेलाले सरकारको  विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको छ ।  

काम चित्त बुझाउने खालको नभएको भन्दै केन्द्रीय समिति बैठकमा त्यसबारे कुरा उठाउने निर्णय गरेको हो । 

कोइराला निकट केन्द्रीय सदस्य एवम् सांसद सञ्जयकुमार गौतमले वर्तमान सरकारप्रति चित्त बुझाउने आधारहरू नरहेको निष्कर्षमा पुगेको बताए ।

‘सरकारका गतिविधिमा चित्त बुझाउने अवस्था छैन । सरकारमा हाम्रो नेतृत्वमा छैन, तर सरकारमा हाम्रो पार्टी पनि सहभागी छ, त्यसैले सरकारले गरेका कामलाई नजिकबाट निगरानी र नियन्त्रण हाम्रो दायित्व हो,’ उनले भने, ‘सरकारले जनताको दैनिकीलाई छुन सकेको छैन । 

सरकारका काम, सरकारले लिइरहेका निर्णयहरू ठीक छैनन् भन्ने हाम्रो निष्कर्ष छ । हामी यसबारे पार्टीको केन्द्रीय समिति बैठकमा कुरा उठाउँछौँ ।’

गुटको बैठकमा नेता कोइरालासहित पार्टीका उपसभापति एवम् कानूनमन्त्री धनराज गुरूङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसहित कोइराला समूहका नेता सहभागी थिए ।

यसअघि आमनिर्वाचनमा पार्टीबाट बागी उम्मेदवार बन्दा पार्टीबाट निष्कासित भएका केन्द्रीय सदस्य दिनेश कोइरालासमेत मंगलबारको बैठकमा सहभागी थिए ।

बैठकले केन्द्रीय कार्यसमिति बैठकमा कसरी प्रस्तुत हुने भनेर तयारी गरेको नेता गौतमले जानकारी दिए ।

‘नियमित केन्द्रीय कार्यसमिति बैठक पर्सिदेखि बस्दैछ । त्यो बैठकमा हामी कसरी प्रस्तुत हुने ? कुन विषयहरू उठाउने ? भन्ने विषयमा छलफल भएको हो,’ उनले भने, ‘पार्टी र देशलाई कसरी अघि बढाउने ?

त्यसमा पार्टीको भूमिका कसरी प्रभावकारी बनाउने भन्ने विषयहरूमा तयारी भएको छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार