काठमाडौँ, भदौ । सत्तारुढ नेकर्पा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोशी प्रदेशमा सबै राजनीतिक दलहरू मिल्ने कि मध्यावधि चुनाव गर्ने भन्ने विकल्प मात्रै रहेको बताएका छन् ।
राजनीतिक दलहरू मिलेर गई मध्यावधि निर्वाचनमा हुने खर्च रोक्न सकिने भएपनि आफ्नो पार्टी चुनावका लागि पनि तयार रहेको नेपालको भनाइ थियो ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले कोशी प्रदेशमा देखिएको राजनीतिक समस्याबारे बोलेका हुन् ।
कोशी प्रदेश सभामा एकीकृत समाजवादीका चार सांसद छन् । जनता र राष्ट्रलाई पर्ने आर्थिक बोझ पर्ने भएकाले सकेसम्म मध्यावधि निर्वाचनमा जान नहुने नेपालको भनाइ थियो ।
कोशीको राजनीतिक जटिलता हल गर्न दुई वटा उपाय छ । कि मिलेर जानु, कि कसैलाई साथ दिनु, कि चुनावमा जानु ।
चुनावमा गएपनि हामीलाई फरक पर्नेवाला छैन, किनभने हाम्रो साथीहरूको हिसाब चुनाव भयो भनेपनि हाम्रो पार्टीलाई फाइदै हुन्छ । अहिले हामीसँग ४ सिट छ, सिट संख्या बढेर दोब्बर, तेब्बर ल्याउन सक्छौं भन्ने विश्वास छ ।
अरु पार्टीहरूको सात्तो गएको छ,ु उनले भने, ुयत्रो संख्या छ, ४० सिट जितिएको छ, अर्को पटक २० भन्दा बढ्दैन भनेर डराइरहेका छन् ।
कोही पार्टीको २९ वटा सिट छ, चुनाव भएपछि त्यो आउँदैन भन्ने डर पनि छ । अरुलाई डर होला, हामी त त्यो बेलामा जति सिट लिनुपर्ने थियो, लिन सकिएन ।ु
पार्टीलाई हित हुने भएपनि सकेसम्म चुनावमा जान नहुने नेपालको भनाइ छ । उनले मुलुकको अर्थतन्त्रलाई ख्यालमा राखेर अहिले कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जान नहुने बताएका हुन् ।
ुहामी जनता र राष्ट्रलाई पर्ने आर्थिक बोझ जुन छ, यो सबै भएकाले सकभर त्यता नगइ कुनै न कुनै उपाय निकालियोस् भन्ने पक्षमा छौं । देशको राजनीतिमा हाम्रो ध्यान छ,ु उनले भने ।
कोशी प्रदेशमा देखिएको समस्याका कारक निर्वाचन प्रणाली पनि हो कि भन्ने नेपालको भनाइ थियो ।
गठबन्धनको सरकार गठन गरिए पनि कुनै पनि पार्टीले बहुमत ल्याउने अवस्था नरहेको र सभामुखजस्तो पद विवादमा परिरहेको नेपालको भनाइ थियो ।
हामीले गठबन्धन सरकार बनाएका छौं । सबै प्रदेशमा गठबन्धन बनाउँदै जाँदा अहिले कोशीमा सुन्नुभयो तपाईंले, यसबीचमा कति वटा सरकार बनिसके ।
एउटा मुख्यमन्त्री थिए, उनले राजीनामा दिए फेरि अर्को समस्या बनाउन समस्या भयो, अर्को बन्यो फेरि त्यो ढल्यो, फेरि अर्को बने ।
यही सिलसिलामा कतिसम्म चल्ने हो ? कारण के हो भने हाम्रो निर्वाचन प्रणाली । निर्वाचन प्रणालीमा प्रत्यक्ष निर्वाचित पनि छ, समानुपातिक पनि छ ।
फेरि संख्या कस्तो भयो भने दुवै मिल्दा बराबर छ,ु उनले भने, ुउसको पनि उत्तिकै संख्या पुग्दो रहेछ, यता पनि उत्तिकै संख्या पुग्दो रहेछ ।
संख्या बराबर भइसकेपछि जो मान्छे मूल बन्छ, जसलाई सभामुख भनिन्छ, जसको पक्षको मान्छे हो, उसको संख्या त घट्ने भयो ।
सभामुखबाटै मान्छे भागाभाग भइरहेको छ, त्यो लियो भने हाम्रो संख्या घट्ला भनेर । सभामुखले राजीनामा दिएपछि उपसभामुखले पनि राजीनामा दिएर भाग्ने स्थिति भइरहेको छ ।ु
कोशी प्रदेशमा कुनै पनि गठबन्धनको बहुमत नपुग्ने भएकाले सरकार गठनमा समस्या भइरहेको छ ।