२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

प्रधानमन्त्री दाहालसँग सार्क महासचिवको भेट

बुधवार , भाद्र १३, २०८०

काठमाडौँ,भदौ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव इसला रुवान विराकुनले बिदाइ भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच सार्कका विविध विषयमा कुराकानी भएको थियो ।सो अवसरमा प्रधानमन्त्री दाहालले महासचिवका रुपमा विराकुनले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिकाको प्रसंशा गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार