२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

प्रतिनिधिसभा बैठक

बैठकबाट बाहिरिँदै प्रधानमन्त्रीले  भने  :  " सरकार सफल हुन्छ, फेल खाँदैन "

'संसदीय समिति बनाउँदाको वातावरणले सरकार गठन र पूर्णता दिन सहजता' 

मंगलवार , भाद्र १२, २०८०

काठमाडौँ, भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदीय समिति बनाउँदा सहमतिको वातावरणले सरकार गठन र पूर्णता दिने कुरालाई सहजता ल्याउने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले संसदीय समिति बनाउँदा बनेको वातावरणले सरकार गठन र पूर्णता दिने कुरालाई सहजता ल्याउने बताएका हुन् । उनले सरकार सफल हुने पनि दाबी गरे ।

‘मलाई लाग्छ सरकार फेल खाएको छैन र फेल खाँदैन । सरकार सफल हुन्छ । छलफल सकारात्मक ढंगले नै अगाडि बढ्छ भन्ने मेरो विश्वास छ । 

हिजो सदनमा समिति बनाउँदा जुन सहमतिको वातावरण बनेको छ, त्यसले सरकार गठन र पूर्णता दिने कुरामा पनि सहजता ल्याउँछ भन्ने मेरो विश्वास छ,’ प्रधानमन्त्री दाहालले भने ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार