२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

संसदमा गगन थापा भन्छन

' राजनीतिक अपराधिकरण र अपराधको राजनीति कांग्रेसलाई स्वीकार्य छैन ' 

सांसद थापाले भने : ' विधेयकमार्फत जघन्य अपराधीलाई जोगाउने प्रावधान ल्याइएको छ'

मंगलवार , भाद्र १२, २०८०

  •     संसदमा प्रधानमन्त्रीलाई गगन थापा भन्छन
  •     राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण कांग्रेसलाई स्वीकार्य छैन 
  •     सांसद थापा  : ' विधेयकमार्फत जघन्य अपराधीलाई जोगाउने प्रावधान ल्याइएको छ'

काठमाडौँ, भदौ । आजको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण नेपाली कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन । 

सोमबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथिको सामान्य छलफलमा भाग लिँदै महामन्त्री थापाले यो विधेयकमार्फत जघन्य अपराधीलाई जोगाउने प्रावधान ल्याइएको भन्दै त्यसको विरोध गरेका हुन् ।

उनले यो विधेयकको भारी नबोक्न कानुनमन्त्रीलाई आग्रहसमेत गरेका थिए । यो विधेयकको भारी बिसाउन र हटाउन कानुनमन्त्री धनराज गुरुङलाई उनले आग्रह गरेका थिए ।

बहुमतको आधारमा सरकारले संसदलाई हेप्ने गरेको भन्दै आफूहरु हेपिने कि नहेपिने यसपटक देखाउनुपर्ने नेता थापाको भनाइ थियो ।

‘यो विधेयकमा मुलुकी फौजदारी संहिताको संशोधनमार्फत जघन्य अपराधमा जोगाउने गरी जुन प्रावधान ल्याइएको छ, नेपाली कांग्रेसको तर्फबाट म प्रष्ट भन्न चाहन्छु, राजनीतिक अपराधिकरण र अपराधको राजनीतिकरणको व्यवस्था हामीलाई स्वीकार्य छैन । 

माननीय कानुनमन्त्रीलाई मेरो आग्रह पनि छ, २०७४ पछि बनेको सरकारले लेखेको ड्राफ्ट हो यो । यसको भारी नबोक्नुस् । यसलाई बिसाउनुस् । यसलाई हटाउनुस् ।’

यस क्रममा उनले वातावरण संरक्षण ऐनमा मन्त्रालयले स्वीकृत गर्ने इआइएको प्रावधान मन्त्रालयले स्वीकृत गरे पनि अहिले विभागबाट गर्ने भनेर ल्याइएकोप्रति आपत्ति जनाएका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार