२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

संसदमा प्रधानमन्त्रीलाई प्रश्न

सांसद सिंहले सोधे  : 'हरेक उच्च तहका बैठक - 'प्रधानमन्त्रीको छोरी' बस्न मिल्छ ?'

'अथोरिटी विदाउट अकाउन्टिबिलिटी' चलेको छ

मंगलवार , भाद्र १२, २०८०

 

काठमाडौँ, भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गंगा दाहाल राज्यका उच्च तहका हरेक बैठकमा कुन हैसियतमा बसिरहेकी हुन् भनेर संसद्‌मा नै प्रश्न उठेको छ । 

प्रधानमन्त्री दाहालले छोरीलाई राज्यका हरेक उच्च तहका बैठकमा सहभागी गराएर गणतन्त्रमाथि नै खतरामा पारेको भनेर स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रश्न उठाएका हुन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद सिंहले प्रधानमन्त्रीकी छोरी र पूर्वप्रधानमन्त्रीको श्रीमती कुन हैसियतमा राज्यका उच्च तहका बैठकमा बसिरहेका हुन् भनेर प्रश्न गरेका हुन् । 

 कान्तीपुर लेख्छ, गणतन्त्रलाई नेताको शासनमा परिणत गर्दा व्यवस्थामाथि नै प्रश्न उठेको उनको भनाइ थियो ।

जनताको तन्त्र हो गणतन्त्र तर नेताको शासन कसरी भयो ? नेताको छोरीले अथवा प्रधानमन्त्रीको छोरीले कहाँबाट त्यो अधिकार पाउँछ हरेक बैठकमा बस्ने ? म प्रश्न गर्न चाहन्छु हामीले कस्तो व्यवस्था गरेका छौं ? 

कुनै पूर्वप्रधानमन्त्रीको श्रीमती कसरी हरेक बैठकमा बस्न पाउँछन् ?,' उनले भने । त्यस्ता गतिविधिबाट व्यवस्थालाई नै खतरा रहेको सांसद सिंहको भनाइ थियो । 'अथोरिटी विदाउट अकाउन्टिबिलिटी' चलेको छ, सबैभन्दा बढी खतरा त्यहाँबाट छ । 

गणतन्त्रलाई कहिँबाट खतरा छ भने चार/ पाँच जना नेता र उनीहरूका बच्चाहरूबाट छ,' उनले भने, 'जम्मै भ्रष्टाचारको जरो त्यहाँ छ ।'

मुलुकका ठूला भ्रष्टाचार काण्ड अन्तिम टुंगोमा किन पुगेनन् भनेर पनि सांसद सिंहले प्रश्न गरेका छन् । 

उनले वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकार इतिहासमै कमजोर रहेको विदेशी हस्तक्षेप निम्याउएर मुलुकमा धार्मिक र जातीय युद्ध निम्त्याउन उद्दत रहेको पनि बताए ।

 नेपालमा विदेशीको हस्तक्षेप इतिहासमै धेरै भइरहेको छ । यति कमजोर सरकार नेपालमा मैले यसअघि देख्या थिएन । 

सरकार नेपालमा वैदेशिक हस्तक्षेपको निमन्त्रणकर्ता हो । सरकारको सहभागिता र सक्रियतामा नेपालमा जातीय र धार्मिक दंगा गराउन खोजिँदै छ,ु उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार