२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

संसदमा प्रधानमन्त्रीसँग सांसदको प्रश्न

प्रधानमन्त्री दाहालले भने : 'सामाजिक सद्भाव खलल पार्नेलाई छुट दिँदैन'

अनेकतामा एकता नेपाली समाजको आधारभूत चरित्र

मंगलवार , भाद्र १२, २०८०


काठमाडौँ, भदौ । प्रतिनिधिसभाको आज बसेको बैठकमा  प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सद्भावमा खलल पार्ने अभिव्यक्तिलाई  छुट नदिने बताएका छन् ।

बैठकमा सांसदको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री दाहालले भने सांसद ईश्वरीदेवी न्यौपानेको प्रश्नको जवाफका क्रममा  प्रधानमन्त्री दाहालले भने, सद्भावमा खलल पार्ने कार्यलाई सरकारले कुनै हालतमा छुट दिईदैन  ।

प्रधानमन्त्री दाहालले एक अर्काको धर्म र संस्कृति विरुद्ध हुने द्वेषपूर्ण अभिव्यक्ति र कार्यलाई पनि छुट नदिने स्पष्ट पारेका छन् । 

उनले परापूर्वक कालदेखि कायम रही आएको सामाजिक एकता, सद्भाव र सामाजिक सहअस्तित्वमा खलल पार्ने कुनै किसिमको कार्य हुन नदिन सरकार दृढ रहेको बताए ।

'बहुजातीय, बहुसांस्कृतिक विविधता बोकेको नेपालमा सदिऔँदेखि विभिन्न जात, जाति, वर्ण, धर्म र संस्कृतिका जनताहरू आपसी सहकार्य, सम्मान र गहिरो सद्भावका साथ मिलिजुली बस्दै आएका छन् । '

अनेकतामा एकता नेपाली मात्रको विशिष्टता र नेपाली समाजको आधारभुत चरित्र पनि हो । 

सबैको सहअस्तित्व कायम गर्दै मौलिकताको संरक्षण र संवर्द्धनमा नै हाम्रो राष्ट्रिय एकता दिगो, दरिलो भइ साँचो अर्थमा राष्ट्रियता बलियो हुनेछ,ु उनले भने, 'परापूर्वक कालदेखि यहाँ कायम रही आएको सामाजिक एकता, सद्भाव र सामाजिक सहअस्तित्वमा खलल पार्ने कुनै किसिमको कार्य हुन नदिन सरकार दृढ छ ।' 

' पनि छ । सामाजिक सद्भावमा खलल पार्ने वा एकअर्काको संस्कृति र धर्मविरुद्ध हुने द्वेषपूर्ण अभिव्यक्ति र कार्यलाई सरकारले कुनै हालतमा छुट दिन सक्दैन ।'

नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरुको धर्म, संस्कृति र आस्थामा चोट नपुर्‍याई आ–आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको प्रधानमन्त्रीको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार