२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

भ्रष्टाचार र अनियमितता बहस

महामन्त्री थापाले भने : ' सामसुम पार्न ठूला मिले,  छानबिन गर्न हामी मिलौँ '

 'सत्ता, शक्ति, पहुँच, नाता र सम्बन्धका आधारमा  भ्रष्टाचारको नेक्सस'

सोमवार , भाद्र ११, २०८०

काठमाडौँ, भदौ । कांग्रेस महामन्त्री गगन थापाले शासन सत्ता, शक्ति र पहुँच, नाता र सम्बन्धका आधारमा  भ्रष्टाचारको 'नेक्सस' बनिरहेको बताएका छन् ।  सोमबार सामाजिक सञ्जाल फेसबुकमा एकपछि अर्को काण्डहरू सार्वजनिक भइरहेको भन्दै महामन्त्री थापाले संरचनागत संयन्त्रहरूमा देखिएको 'लुपहोल' भ्रष्टाचार मौलाएको बताएका हुन् । 

ठूला भ्रष्टाचारका काण्ड सामसुम पार्न 'ठूलाहरूु मिल्ने गरेको र 'सत्ता बार्गेनिङको टुल' बनाइने गरेको पनि उनको भनाइ छ ।

महामन्त्री थापाले भनेका छन्, 'यस्ता काण्डहरूमा सार्वजनिक रूपमा ठूलाहरूले चर्को बोल्ने, एक अर्कालाई तर्साउने, तर बिस्तारै बन्द कोठामा बसेर सामसुम पार्ने अनि अनुकूलतामा ‘सत्ता बार्गेनिङको टुलु बनाउने सम्भावना एकदमै देखिन्छ।'

'भ्रष्टाचार अन्त्यका लागि पार्टीभित्र मात्र नभई अन्य दल र नागरिक आन्दोलनसँग पनि एकाकार हुनुपर्ने पनि महामन्त्री थापाको भनाइ छ । '

यस्ता घटना सामसुम पार्न 'उनीहरू मिल्छन् भने यस्ता घटनामा छानबिन गर्न गराउन हामी किन नमिल्ने ? विगतमा जस्तै एउटै पार्टी भित्र समान धारणा भएको एक ठाउँमा आउँ। '

धारणा भएको अन्य पार्टीका साथीसँग समान धारणा बनाऊँ, अनि पार्टी बाहिरको नागरिक आन्दोलनसँग एकाकार होऔँ महामन्त्री थापाले भनेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संस्थामा हुने नियुक्तिदेखि क्षेत्राधिकारसम्म पनि बलियो बनाउनुपर्ने महामन्त्री थापाको भनाइ छ । 

उनले भनेका छन्, 'अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतको संस्थामा हुने नियुक्तिदेखि क्षेत्राधिकारसम्म, क्षमतादेखि संरचनासम्म बलियो बनाऔँ ।' नीतिगत भ्रष्टाचारलाई परिभाषित गर्ने छुट्टै कानुन नै बनाऔँ । के नीतिगत हो, के होइन प्रस्ट गरौँ ।

भ्रष्टाचारीका सन्दर्भमा नेता र नाता केही हेरिन नहुने महामन्त्री थापाले बताएका छन् । उनले भनेका छन्, 'यो अभियानमा हाम्रो मन्त्र हुनुपर्छ, 'निर्दोष कोही नपरुन, दोषी कोही नछुटून्।'

'भ्रष्टाचारीको सन्दर्भमा ' न नेता, न नाता.  केही नहेरियोस्, त्यसैगरी कुनै व्यक्ति नेता वा नाता भएकै कारण पूर्वाग्रहको विषय पनि नबनोस् । 'यी सबै कुरामा मेरो पहलकदमी रहनेछ, जुनसुकै पार्टीमा, जहाँ भए पनि भ्रष्टाचारको जालो तोड्न सँगै लागौँ ।

369720959_846743373480886_7192227498590516540_n.jpg

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार