२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

पोलिसी हृयाकाथन कार्यक्रम

कांग्रेस महामन्त्री शर्माले भने   :  " युवाले घरमा बसेर गुनासो मात्रै गर्न मिल्दैन "

 'कांग्रेसले नयाँ पुस्ताको विश्वास जोड्न नवनिर्माणको यात्रा प्रारम्भ '

शनिवार , भाद्र ९, २०८०

 

काठमाडौँ, भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब हरेक युवाले घरमा बसेर गुनासो मात्रै गरिरहन नमिल्ने बताएका छन् । 

उनले मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आजको युवाको विचार, अवधारणा र नीति सुनेर त्यसलाई अवलम्बन गर्न तयार रहेको बताए । 

सानेपास्थित केन्द्रीय कार्यालयमा पोलिसी हृयाकाथनको कार्यक्रममा महामन्त्री शर्माले कांग्रेसले नयाँ पुस्ताको विश्वास जोड्न नवनिर्माणको यात्रा प्रारम्भ गरेको दाबी गरे ।

विगतमा हामीले निर्वाचनमा मतपत्र थमायौँ, र भन्यौँ, हामीलाई मत देऊ, हामी देश बनाउँछौँ । तर अब हामीले त्यतिमात्रै भनेर नपुग्ने बुझ्यौँ, र भनिरहेका छौँ कि अब मतमात्रै होइन, तिमी देशमा कस्तो नीति चाहन्छौ ? त्यो पनि देऊ भनेर मागिरहेका छौँ,’ उनले थपे । 

उनले भने,  ‘त्यसैले अब हरेक युवाले घरमा बसेर गुनासो गरिरहन मिल्दैन, एउटा पूरानो दल आएर ती नै युवाहरूलाई देश कस्तो बनाउने भनेर सोधिरहेको छ ?’

उनले युवामा देश बनाउन सकिन्छ भन्ने मनोवज्ञिानको सञ्चार हुनुपर्ने बताए । ुदेशमा केही छैन, केही सम्भव छैन, बनेनँ भन्ने कुरा सत्य होइन, कनिभने देशमा सबै कुरा छैन, तर केही न केही भएको छ, हामीले बनाएका छौँ, । ’ 

उनले भने, 'आधा गलिास पानी हुनु भनेको भरी होइन, तर खाली पनि होइन । त्यसैले आधा हुनु भनेको भरी पार्ने अवसर पनि हो । हामीले त्यहीनेर सम्भावनाको खोजी गर्ने हो ।’

महामन्त्री शर्माले कांग्रेस अब नागरिकबाट नयाँ विश्वास प्राप्त गरेर अघि बढ्न चाहेको बताए । कांग्रेस जुन बेला स्थापित भयो, त्यो बेलाको नेतृत्व अहिले कांग्रेसमा कोही पनि छैन । 

कांग्रेसले बेला–बेलामा आफूलाई नागरिकको विश्वाससँग गाँस्दै आएको छ,’ उनले भने, ‘कुनै बेला स्वतन्त्रताको सपना थियो, कांग्रेसले त्यसमा विश्वास दिलायो, र नेतृत्व गर्‍यो । 

प्रजातन्त्रको सपना थियो, त्यहाँ पनि विश्वास जित्यो । फेरि देशमा यति धेरै हिंसा भयो कि सबैको सपना शान्ति थियो, त्यसमा पनि कांग्रेसले नागरिकको विश्वास पायो । त्यसपछि संविधान बनाउने कुरा थियो, तर त्यो असफल भयो ।

 फेरि कांग्रेस नै आयो, र नागरिकको विश्वाससँग गाँसियो । अहिले फेरि नयाँ विश्वास गाँस्नुपर्नेछ । यो पोलिसी हृयाकाथन त्यसैको एउटा सुरूआत हो ।’

महामन्त्री शर्माले राजनीतिमा चासो छैन भनेर कसैले पनि निर्धक्क बन्नु नहुने बताए । राजनीति फोहोर भए सबैतिर त्यसको असर पर्ने उनको भनाइ थियो । ‘राजनीति बिग्रियो भने क्षति सबैलाई हुन्छ, सबैलाई हानी हुन्छ । 

राजनीति राम्रो बन्यो भने हरेकको भविष्य राम्रो हुन्छ,’ उनले भने, ‘त्यसकारण राजनीतिमा सबै आउनुपर्छ, त्यो जरुरी छैन । तर राजनीतिलाई सही ठाउँमा राख्नु सबैको दायित्व हुन्छ ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार